जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा « Khabarhub

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरू हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ। 

बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित संगठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ। 

जसपा नेपालका केन्द्रीय महासचिव डा. सुरेन्द्र कुमार झाले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर्णयका लागि प्रस्ताव पेश हुने बताएका छन् ।

बैठकका लागि प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी संरचनाको समायोजन तथा भ्रातृ संगठनको समायोजनसम्बन्धी प्रस्ताव पनि एजेण्डामा राखिएको छ ।

त्यस्तै, विभिन्न राजनीतिक दल तथा शक्तिहरूबीचको सहकार्यका लागि अघि बढाइएको अग्रगामी मोर्चा सम्बन्धमा पनि कार्यकारिणी समितिमा छलफल हुनेछ । 

पार्टीको संसदीय बोर्ड गठन तथा कार्यकारिणी सदस्यहरूको कार्यविभाजनसम्बन्धी प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिने महासचिव डा. झाले बताए ।

यसैगरी, हालैका बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत संकलन गर्ने विषयमा पनि बैठकमा छलफल हुने एजेण्डा तय गरिएको छ।

जसपा नेपालले बैठकमार्फत पार्टीको राजनीतिक तथा संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिका लागि आवश्यक निर्णय लिने तयारी गरेको छ। बैठकमा प्रस्तुत हुने प्रस्तावमाथि छलफलपछि आवश्यक निर्णय गरिने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ६ : २७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम