स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी « Khabarhub

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७ सय ७२ रुपैयाँ ४४ पैसा दावी भुक्तानी गरेको छ । बोर्डले आर्थिक वर्ष २०८३र८४ को स्वीकृत बजेटबाट निकासा भएको रकम प्रयोग गरी विभिन्न शीर्षकहरू कट्टा तथा समायोजन गरेर उक्त भुक्तानी गरेको हो ।

स्वास्थ्य बीमा बोर्डका उपसचिव पुष्पप्रसाद गुरागाईंका अनुसार भदौ ११ गतेको निर्णयानुसार सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा सिधै रकम जम्मा गरिएको छ । बोर्डले २०८२ चैत मसान्तसम्मको स्वास्थ्य बीमा दावी रकममध्ये सूचना प्रविधि शाखाबाट रुजु भई स्वीकृत भएका दावीहरू फस्यौट गरेको हो ।

विभिन्न शीर्षक थप तथा कट्टा गरेपश्चात कुल स्वीकृत रकम २ अर्ब १० करोड ९० लाख ६३ हजार ३ सय १२ रुपैयाँ २६ पैसा कायम भएको थियो ।

यस कुल स्वीकृत रकमबाट स्वास्थ्य बीमा बोर्डको २०८१ चैत १९ गते को बोर्ड बैठकको निर्णयानुसार दावी भुक्तानी बापत स्वीकृत रकमको २ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा जम्मा गर्नका लागि कट्टा गरिएको छ ।

साथै, आर्थिक वर्ष २०८२र८३ र विगत आर्थिक वर्षहरूको फस्यौट गर्न बाँकी रहेको पेश्की रकम २५ लाख ४४ हजार ९ सय ३९ रुपैयाँ समेत हिसाब मिलान गरिएको बोर्डले जनाएको छ। यसरी सम्पूर्ण समायोजन, २ प्रतिशत बीमा कोष कट्टा र पेश्की हिसाब मिलानपश्चात खुद भुक्तानी हुन आएको २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७ सय ७२ रुपैयाँ ४४ पैसा८८ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा भएको हो ।

यस भुक्तानी निर्णय र निकासाबारे बोर्डले कार्यकारी निर्देशक र सम्बन्धित सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई जानकारी गराउँदै सूचना प्रविधि शाखालाई उक्त विवरण वेबसाइटमा प्रकाशित गर्न समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ८ : २५ बजे

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट