स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी « Khabarhub

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७ सय ७२ रुपैयाँ ४४ पैसा दावी भुक्तानी गरेको छ । बोर्डले आर्थिक वर्ष २०८३र८४ को स्वीकृत बजेटबाट निकासा भएको रकम प्रयोग गरी विभिन्न शीर्षकहरू कट्टा तथा समायोजन गरेर उक्त भुक्तानी गरेको हो ।

स्वास्थ्य बीमा बोर्डका उपसचिव पुष्पप्रसाद गुरागाईंका अनुसार भदौ ११ गतेको निर्णयानुसार सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा सिधै रकम जम्मा गरिएको छ । बोर्डले २०८२ चैत मसान्तसम्मको स्वास्थ्य बीमा दावी रकममध्ये सूचना प्रविधि शाखाबाट रुजु भई स्वीकृत भएका दावीहरू फस्यौट गरेको हो ।

विभिन्न शीर्षक थप तथा कट्टा गरेपश्चात कुल स्वीकृत रकम २ अर्ब १० करोड ९० लाख ६३ हजार ३ सय १२ रुपैयाँ २६ पैसा कायम भएको थियो ।

यस कुल स्वीकृत रकमबाट स्वास्थ्य बीमा बोर्डको २०८१ चैत १९ गते को बोर्ड बैठकको निर्णयानुसार दावी भुक्तानी बापत स्वीकृत रकमको २ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा जम्मा गर्नका लागि कट्टा गरिएको छ ।

साथै, आर्थिक वर्ष २०८२र८३ र विगत आर्थिक वर्षहरूको फस्यौट गर्न बाँकी रहेको पेश्की रकम २५ लाख ४४ हजार ९ सय ३९ रुपैयाँ समेत हिसाब मिलान गरिएको बोर्डले जनाएको छ। यसरी सम्पूर्ण समायोजन, २ प्रतिशत बीमा कोष कट्टा र पेश्की हिसाब मिलानपश्चात खुद भुक्तानी हुन आएको २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७ सय ७२ रुपैयाँ ४४ पैसा८८ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा भएको हो ।

यस भुक्तानी निर्णय र निकासाबारे बोर्डले कार्यकारी निर्देशक र सम्बन्धित सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई जानकारी गराउँदै सूचना प्रविधि शाखालाई उक्त विवरण वेबसाइटमा प्रकाशित गर्न समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ८ : २५ बजे

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै