अस्पताल उद्घाटन विवादमा झडप, गोली लागेर एक किशोर गम्भीर घाइते « Khabarhub

अस्पताल उद्घाटन विवादमा झडप, गोली लागेर एक किशोर गम्भीर घाइते


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा गोली चल्दा एक किशोर गम्भीर घाइते भएका छन् ।

स्थानीय १६ वर्षीय आदित्य पासवान घाइते भएका हुन् । उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताएका छन् ।

अस्पतालमा आवश्यक सेवा, जनशक्ति र पूर्वाधारको व्यवस्था नगरी उद्‌घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेपछि विवाद चर्किएको थियो । सो क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको र गोलीसमेत चलेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटा प्रमुख अतिथि रहने गरी दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरिएको थियो । 

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  १ : ४० बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि