काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डलले छिट्टै जनवादी गणतन्त्र चीनको भ्रमण गर्न लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा उक्त भ्रमणका विषयमा छलफल भएको उनले बताए।
बैठकमा मधेस प्रदेशसहित केही जिल्लामा देखिएका समस्या र मधेस अडिटसम्बन्धी विषयमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन पनि पेस भएको थियो ।
प्रवक्ता खरेलका अनुसार कार्यदलको प्रतिवेदन अध्ययन गरेपछि त्यसका आधारमा पार्टीले आगामी कदम चाल्ने निर्णय गरेको छ ।














प्रतिक्रिया