कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा « Khabarhub

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा सुरु भएको बताएका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ को बुढानिलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘अब कांग्रेस बनाउने अभियान सुरु भएको छ। बदलिएको कांग्रेसले सबैको आवाज सुन्छ। युवाको आवाज सुन्छ। जेन-जीको आवाज सुन्छ।’

उनले अब अमूर्त कुरा नभएर कांग्रेसले कामलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘कांग्रेसमा अब समय आएको छ बदलिने । नेपाललाई आगो चाहिएको छैन। नेपाललाई सम्हाल्ने शक्ति चाहिएको छ।’

बदलिएको कांग्रेसले देश सम्हाल्ने नेतृत्व चाहिएको भन्दै उनले देश सम्हाल्ने शक्ति युवामा रहेको जिकिर गरे। 

उनले देशलाई शासनमा र कार्यशैलीमा सुधार चाहिएको बताए । उनले सबै जना संविधानमा प्रतिबद्धता रहेकाले संविधानमा बदल्ने कुरा धेरै रहेको तर त्यसका लागि युवाहरूले साथ दिनुपर्ने बताए । 

‘कांग्रेस नेपाल राज्‍यमा रहेको सबैको हो । झुपडीमा बसेका नागरिक र महलमा बसेका नागरिकको हो। अझ पिँधमा रहेको व्यक्तिको नजिकको पार्टी हो कांग्रेस उनले भने, ‘तर देश बनाउन सबैको जरूरी छ। पार्टीले भागबन्डा गर्न नपाओस् । अनि सुशासन आउँछ ।’

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १२ : ४६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको