एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री  « Khabarhub

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल गरिरहेका छन् । 

सोमबार कोशी र कर्णालीका सांसदहरूसँग छलफल गरेका प्रधानमन्त्रीले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग सिंहदरबारमा संवाद गरे ।

उक्त संवादका क्रममा सोमबार जस्तै मंगलबार पनि नेपा एमालेका सांसदहरूले शनिबार पक्राउ परेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गरे।

मंगलबारको छलफलमा बझाङबाट निर्वाचित एमाले सांसद ऐनबहादुर महरसहितले अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गरेका । एमाले सांसदहरूले ओलीबारे प्रश्न उठाउँदा प्रधानमन्त्री शाहले कुनै प्रतिक्रिया दिएनन् । शाहले मंगलबार पनि सांसदहरूका कुरा सुनेर आफूले कुनै जवाफ नदिएको एकजना सांसदले बताएका छन्  ।

उक्त संवादका क्रममा एमालेका सांसद महरले कर्मचारीहरूका कारण देशमा धेरै समस्या आएको बताएका थिए । उनले कर्मचारीतन्त्रमा व्यापक सुधार गर्न पनि आग्रह गरे । 

यस प्रसंगमा भने प्रधानमन्त्रीले जवाफ फर्काउँदै कांग्रेस-एमालेलाई दोष दिए । उनले त्यसको जड र मुख्य कारण नै कांग्रेस-एमाले भएकोले त्यहीँबाट सुधारको थालनी गर्न जवाफ दिए ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  २ : ५५ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण