ऐनले भने : कर्मचारीले देश बिगारे, बालेनको जवाफ : त्यसको जड नै कांग्रेस-एमाले हुन् « Khabarhub

ऐनले भने : कर्मचारीले देश बिगारे, बालेनको जवाफ : त्यसको जड नै कांग्रेस-एमाले हुन्


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल गरेका छन् । उनले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग सिंहदरबारमा संवाद गरे ।

उक्त संवादका क्रममा एमालेका सांसदहरूले शनिबार पक्राउ परेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गरेका छन् ।

एमालेका सांसदहरूले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई पूर्वाग्रही ढङ्गले पक्राउ गरिएको भन्दै बालेनसँग प्रश्न उठाए ।

मंगलबार बिहान ११ बजेदेखि १ बजेसम्म करिब दुई घण्टा भएको सांसद-प्रधामन्त्री संवादमा एमालेका तीन सांसदले ओलीको मुद्दा उठाए ।

आफ्नो निर्वाचन क्षेत्रका समस्या र आवश्यकताबारे कुरा राखेका उनीहरूले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा किन पक्राउ गरिएको भनेर बालेनलाई सोधे ।

अछाम क्षेत्र नम्बर-२ का सांसद यज्ञबहादुर बोगटी, बझाङका ऐनबहादुर महर र दार्चुलाका गणेशसिंह ठगुन्नाले पनि ओली पक्राउबारे बालेनलाई प्रश्नले घेरे ।

पार्टी अध्यक्षलाई राजनीतिक प्रतिशोधका आधारमा किन पक्राउ गरिएको भनेर उनीहरूले सोध्दा प्रमले कुनै प्रतिक्रिया नदिएका एक सांसदले बताए।

प्रधानमन्त्री शाहले विकासकाा मुद्दामा छोटो कुरा राखे पनि ओलीबारे मौनता साँधेरै समय बिताए ।

उक्त संवादका क्रममा एमाले सांसद महरले कर्मचारीहरूका कारण देशमा धेरै समस्या आएको बताएका थिए । उनले कर्मचारीतन्त्रमा व्यापक सुधार गर्न पनि बालेनलाई आग्रह गरेका थिए ।

यस प्रसंगमा प्रधानमन्त्री बालेनले जवाफ फर्काउँदै कांग्रेस-एमालेलाई दोष दिएका थिए । कर्मचारीमा देखिएको समस्याको जड र मुख्य कारण नै कांग्रेस-एमाले भएकोले त्यहीँबाट सुधारको थालनी गर्न बालेनले जवाफ दिए । ‘त्यसको जड नै तपाईंहरू हो’, बालेनले भने, ‘कांग्रेस र एमालेले नै यसबाट सुधारको सुरूवात गर्नुस् ।’

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : ०० बजे

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध