ठगी आरोपमा टिकटकर तुलसी थाइल्यान्डबाट पक्राउ « Khabarhub

ठगी आरोपमा टिकटकर तुलसी थाइल्यान्डबाट पक्राउ


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘हनी ट्र्याप’मार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेकी चर्चित टिकटकर तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छिन्। उनको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो। थाइल्यान्डमा पक्राउ परेकी ३२ वर्षीया अधिकारीलाई शनिबार नेपाल ल्याएर ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। उनलाई सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।

नवलपरासी घर भएकी अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर भएको थियो। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि ललितपुर जिल्ला अदालतमा अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको हो।

एक अटो व्यवसायीको जाहेरीका आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी, आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत गरी पाँचवटा कसुरमा मुद्दा चलाइएको छ।

सहमतिको शारीरिक सम्बन्धलाई हतियार बनाई पीडितलाई जबरजस्ती करणीको झुटो मुद्दा हाल्ने धम्की दिँदै करोडौँ रुपैयाँ असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उक्त रकम नेपाल र चीनमा लगानी गरी संगठित रूपमै सम्पत्ति शुद्धीकरण गरेको दाबी अभियोगपत्रमा गरिएको छ।

पीडित व्यवसायीले गत साउनमा प्रहरीमा जाहेरी दिएपछि यसको अनुसन्धान सुरु भएको थियो। अभियोगपत्रअनुसार २०७५ सालमा व्यावसायिक सिलसिलामा उनीहरूबीच चिनजान भएको थियो। बुटवलको एक होटलमा आपसी सहमतिमा शारीरिक सम्बन्ध भएपछि अधिकारीले ‘भनेजति रकम नदिए प्रहरीमा जबरजस्ती करणीको मुद्दा हाल्ने’ भन्दै ब्ल्याकमेल सुरु गरेकी थिइन्।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १० : ०८ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक