चीनसँग पराजित नेपाली महिला टिम एसियन गेम्स छनोटबाटै बाहिरियो « Khabarhub

चीनसँग पराजित नेपाली महिला टिम एसियन गेम्स छनोटबाटै बाहिरियो


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली गेम्स छनोटको तेस्रो स्थानमा रहँदै नेपाल एसियन गेम्स छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

एसियन गेम्स छनोटको निर्णायक खेलमा चीनसँग पाँच विकेटले पराजित भएको नेपाल छनोटबाटै बाहिरिएको हो । वर्षाले अवरुद्ध भएको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले सात ओभरमा पाँच विकेटको क्षतिमा ५० रन बनाएको थियो ।

वर्षाका कारण डिएलएस पद्धतिबाट चीनले सात ओभरमा ४३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य चीनले सात ओभरमा पाँच विकेट गुमाएर ४५ रन बनाउँदै पूरा गरेको हो ।

सेमिफाइनलमा मलेसियासँग दुई विकेटले पराजित भएर एक खेल अगाडि गेम्समा छनोट हुने अवसर गुमाएको नेपाली महिला टिम तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा चीनसँग पराजित भएसँगै प्रतियोगिताको छनोटबाटै बाहिरिएको हो ।

नेपाललाई हराएको चीनसँगै फाइनलमा पुगेका मलेसिया र थाइल्यान्ड एसियन गेम्समा छनोट भएका छन्।

एसियन गेम्स छनोटमा पुरुष टिमले भने विजयी सुरुवात गरेको छ । चीनलाई पुरुष टिमले २२१ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ११ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल