थाइल्यान्डमा समातिएकी तुलसीलाई सोमबार अदालतमा पेश गरिँदै « Khabarhub

थाइल्यान्डमा समातिएकी तुलसीलाई सोमबार अदालतमा पेश गरिँदै


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हनी ट्र्याप’मार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा थाइल्यान्डबाट शनिबार पक्राउ परेकी चर्चित टिकटकर तुलसी अधिकारीलाई सोमबार अदालतमा पेश गरिने भएको छ।

थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याइएकी उनलाई सोमबार अदालतमा पेश गर्न लागिएको हो । उनको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो।

थाइल्यान्डमा पक्राउ परेकी ३२ वर्षीया अधिकारीलाई शनिबार नेपाल ल्याएर ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। उनलाई सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।

नवलपरासी घर भएकी अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर भएको थियो। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि ललितपुर जिल्ला अदालतमा अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको हो।

एक अटो व्यवसायीको जाहेरीका आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी, आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत गरी पाँचवटा कसुरमा मुद्दा चलाइएको छ।

सहमतिको शारीरिक सम्बन्धलाई हतियार बनाई पीडितलाई जबरजस्ती करणीको झुटो मुद्दा हाल्ने धम्की दिँदै करोडौँ रुपैयाँ असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उक्त रकम नेपाल र चीनमा लगानी गरी संगठित रूपमै सम्पत्ति शुद्धीकरण गरेको दाबी अभियोगपत्रमा गरिएको छ।

पीडित व्यवसायीले गत साउनमा प्रहरीमा जाहेरी दिएपछि यसको अनुसन्धान सुरु भएको थियो। अभियोगपत्रअनुसार २०७५ सालमा व्यावसायिक सिलसिलामा उनीहरूबीच चिनजान भएको थियो।

बुटवलको एक होटलमा आपसी सहमतिमा शारीरिक सम्बन्ध भएपछि अधिकारीले ‘भनेजति रकम नदिए प्रहरीमा जबरजस्ती करणीको मुद्दा हाल्ने’ भन्दै ब्ल्याकमेल सुरु गरेकी थिइन्।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १ : ०३ बजे

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको