मधेसको खानेपानी समस्या समाधान गर्न माग « Khabarhub

मधेसको खानेपानी समस्या समाधान गर्न माग


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले पछिल्लो समय मधेस प्रदेशमा सुक्खा बढेसँगै खानेपानीको समस्या गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्  । 

बैठकमा सांसद उर्मिला अर्यालले पछिल्लो समय मधेसमा खानेपानी समस्या बल्झँदै गइरहेको भन्दै उक्त समस्या समयमै सम्बोधन हुनुपर्नेमा जोड दिइन् । 

यसैगरी, सांसद गोमादेवी तिमल्सेनाले शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा उद्योग सञ्चालनका लागि आवश्यक बजेट विनियोजन हुन नसकेको बताइन् । 

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशमा विद्युत् समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद नरबहादुर विष्टले सांसदहरूले राखेका मागको सरकारले जवाफ दिनुपर्ने बताए  । 

सांसद भुवनबहादुर सुनुवारले जातीय छुवाछूतको अपराध हट्न नसकेको स्मरण गराउँदै माइतीघरमा आन्दोलनरत दीपा नेपालीलगायत युवाहरूको माग पूरा गर्नुपर्नेमा जोड दिए । 

‘दलितलाई उपत्यकामा कोठा भाडामा पाउन समस्या भएपछि दीपालगायत युवाहरू माइतीघरमा ‘कोठा खाली छ ?’ भनेर आन्दोलनमा हुनुहुन्छ । छुवाछूत अन्त्यका लागि न्याय माग गरिरहनुभएको छ, माग सम्बोधन होस्’, उनले भने । 

सांसद युवराज शर्माले नागरिकले महँगीको चोट बेहोर्नुपरेको भन्दै महँगी नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । 

बैठकमा सांसदहरू नारायणदत्त मिश्र र उदयबहादुर बोहोराले विभिन्न विषयमा धारणा राखेका थिए । 

राष्ट्रियसभाको बैठक आजै २० मिनेटपछि बस्नेछ । 
 

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १२ : ५७ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत