सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो « Khabarhub

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्राहरूमाथि श्रृंखलाबद्ध दुर्व्यवहार गरेको आरोपमा थप एकजना शिक्षक पक्राउ परेका छन्। यस प्रकरणमा पक्राउ पर्ने शिक्षकको संख्या नै चार पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रले फरार रहेका सङ्गीत शिक्षक भीम नेपाललाई सोमबार साँझ पक्राउ गरिएको बताए । अन्यलाई जस्तै उनलाई पनि हिरासतमा राखेर अनुसन्धान भइरहेको मिश्रले बताए ।

यस प्रकणमा यसपहिले नै प्रहरीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छदार र बस चालक प्रदीप भट्टराईलाई सोमबार पक्राउ गरेको थियो।

उनीहरूलाई सामाजिक सञ्जालमा सार्वजनिक भएका विद्यार्थीसँगका च्याट र त्यसपछि परेका उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका चारैजनाविरुद्ध म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। यस प्रकरणमा अन्यको संलग्नताबारे पनि अनुसन्धान जारी रहेको मोरङ प्रहरीले जनाएको छ।

यो प्रकरण बाहिरिएपछि शिक्षकहरू अविरल मास्के, सङ्गीत शिक्षक भीम नेपाल र बस चालक प्रदीप भट्टराईलाई विद्यालयबाट निलम्बन गरिएको छ।

यस प्रकरणमा प्रधानाध्यापक हिक्मत बस्नेतसहित अन्य शिक्षकको पनि पनि मुछिएको छ। प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : २७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल