‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता « Khabarhub

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले महत्त्वपूर्ण प्रतिक्रिया दिएकी छन् ।

उनले विद्यार्थीहरूको शिक्षा सुधारको मागप्रति समर्थन जनाउँदै आन्दोलनलाई कुनै पनि देशविरोधी वा गलत नियत भएका समूहले आफ्नो स्वार्थका लागि प्रयोग गर्न नहुनेमा चिन्ता व्यक्त गरेकी हुन् ।

सामाजिक सञ्जाल एक्स  मा लामो सन्देश साझा गर्दै प्रीतिले विद्यार्थीहरूको आवाज सुन्न र उनीहरूको भविष्य सुनिश्चित गर्ने शिक्षा सुधार आवश्यक रहेको बताएकी छन्। तर, शान्तिपूर्ण प्रदर्शनलाई हिंसा, अराजकता वा राजनीतिक स्वार्थतर्फ मोड्ने प्रयास भए त्यसले आन्दोलनको मूल उद्देश्य नै कमजोर बनाउने उनको भनाइ छ।

उनले पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो घृणा र विभाजनकारी वातावरणप्रति पनि चिन्ता व्यक्त गर्दै देशभित्र र बाहिरका केही गलत तत्त्वहरूले विद्यार्थीहरूको आक्रोशको फाइदा उठाउने प्रयास गरिरहेका हुन सक्ने आशंका व्यक्त गरेकी छन्।

प्रीतिले आफू सधैँ मेहनत, समान अवसर र उत्कृष्टताको मूल्यमा विश्वास गर्ने बताउँदै लोकतन्त्र, कानुन व्यवस्था र सरकारी संस्थाप्रति पनि आफ्नो भरोसा रहेको उल्लेख गरेकी छन्। उनका अनुसार अहिले सबैभन्दा आवश्यक कुरा सरकार र आन्दोलनरत विद्यार्थीबीच इमानदार र सार्थक संवाद हो, जसबाट समस्या समाधानको बाटो खुल्न सक्छ।

उनले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै आन्दोलनलाई वास्तविक मुद्दामै केन्द्रित राख्न अपिल गरेकी छन्। उनका अनुसार गलत नियत भएका व्यक्तिहरू आन्दोलनमा हाबी हुन नदिए मात्र विद्यार्थीको भविष्य र लोकतन्त्र दुवै सुरक्षित रहन सक्छ।

यसअघि पनि प्रीति जिन्टाले विद्यार्थीहरूको आन्दोलनप्रति समर्थन जनाएकी थिइन्। उनले वातावरण अभियन्ता सोनम वाङचुकलाई स्वास्थ्यको ख्याल राख्दै अनशन अन्त्य गर्न आग्रह गरेकी थिइन्।

उल्लेखनीय छ, सोमबार जन्तर–मन्तरमा भएको प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेपछि आन्दोलनले देशभर व्यापक चर्चा पाएको छ। त्यसयता धेरै कलाकार, सामाजिक अभियन्ता र सार्वजनिक व्यक्तित्वहरूले पनि विद्यार्थीहरूको मागप्रति समर्थन व्यक्त गरिरहेका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १ : ५० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल