श्रमिकको सुखद् भविश्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट « Khabarhub

श्रमिकको सुखद् भविश्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकलाई सम्पूर्ण सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको भन्दै सहभागिताका लागि आग्रह गरेका छन् ।

मानव संशाधन समाज नेपालको सहकार्यमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषः अन्तिम समय सङ्केत’ विषयक छलफलमा उनले श्रमिकको सुखद् भविश्यका लागि योजना ल्याइएको प्रष्ट पारे ।

“नेपालमा सरकारी सेवामा मात्र निवृत्तिभरण प्राप्त गर्ने अवस्था छ”, मन्त्री विष्टले भने, “अब निजी क्षेत्रका कामदारले पनि वृद्धावस्थामा निवृत्तिभरण पाउने व्यवस्था गरिएको छ ।”

कोषमा आबद्ध भएपछि दुर्घटनामा परेका श्रमिकका परिवारले आर्थिक सहायता प्राप्त गर्न थालिसकेको जानकारी दिँदै उनले अब श्रमिकको परिवारको अनिश्चित भविश्यको अन्त्य भएको बताए । संविधानले नै प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हकको प्रत्याभूति गराएको अवस्थामा सबै श्रमिक सामाजिक सुरक्षामा सहभागी हुनुको विकल्प नभएको उनको भनाइ थियो ।

सामाजिक सुरक्षा योजना सरकारको मात्र नभएर आमश्रमिक, जनता र देशकै साझा अभियान भएको उल्लेख गर्दै मन्त्री विष्टले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

“सबै श्रमिक योजनामा सहभागी हुनुपर्छ, यो आम श्रमिकको हितमा छ”, योजनाको महत्व बुझाउँदै मन्त्री विष्टले भने, “अब यो योजना जनताको हितमा छ भनेर अभियान चाल्नु आवश्यक छ ।”

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योजनामा सहभागिताबाट योगदानकर्ताले प्राप्त गर्ने लाभका बारेमा जानकारी गराएका थिए । कोषमा हालसम्म करीब १० हजार प्रतिष्ठान र एक लाख १० हजार श्रमिक सूचीकृत भइसकेका छन् ।

झण्डै रु १४ करोड योगदान रकम सङ्कलन भइसकेको कोषले जनाएको छ । कोषमा योगदान शुरु गरेर मृत्यु भएका दुई श्रमिकको परिवारले आर्थिक सहायता प्राप्त गर्न थालिसकेका छन् । आगामी मङ्सिर १४ गतेसम्म कोषमा सूचीकृत हुने समयावधि तोकिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : ३३ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो