श्रमिकको सुखद् भविश्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट | Khabarhub Khabarhub

श्रमिकको सुखद् भविश्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकलाई सम्पूर्ण सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको भन्दै सहभागिताका लागि आग्रह गरेका छन् ।

मानव संशाधन समाज नेपालको सहकार्यमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषः अन्तिम समय सङ्केत’ विषयक छलफलमा उनले श्रमिकको सुखद् भविश्यका लागि योजना ल्याइएको प्रष्ट पारे ।

“नेपालमा सरकारी सेवामा मात्र निवृत्तिभरण प्राप्त गर्ने अवस्था छ”, मन्त्री विष्टले भने, “अब निजी क्षेत्रका कामदारले पनि वृद्धावस्थामा निवृत्तिभरण पाउने व्यवस्था गरिएको छ ।”

कोषमा आबद्ध भएपछि दुर्घटनामा परेका श्रमिकका परिवारले आर्थिक सहायता प्राप्त गर्न थालिसकेको जानकारी दिँदै उनले अब श्रमिकको परिवारको अनिश्चित भविश्यको अन्त्य भएको बताए । संविधानले नै प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हकको प्रत्याभूति गराएको अवस्थामा सबै श्रमिक सामाजिक सुरक्षामा सहभागी हुनुको विकल्प नभएको उनको भनाइ थियो ।

सामाजिक सुरक्षा योजना सरकारको मात्र नभएर आमश्रमिक, जनता र देशकै साझा अभियान भएको उल्लेख गर्दै मन्त्री विष्टले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

“सबै श्रमिक योजनामा सहभागी हुनुपर्छ, यो आम श्रमिकको हितमा छ”, योजनाको महत्व बुझाउँदै मन्त्री विष्टले भने, “अब यो योजना जनताको हितमा छ भनेर अभियान चाल्नु आवश्यक छ ।”

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योजनामा सहभागिताबाट योगदानकर्ताले प्राप्त गर्ने लाभका बारेमा जानकारी गराएका थिए । कोषमा हालसम्म करीब १० हजार प्रतिष्ठान र एक लाख १० हजार श्रमिक सूचीकृत भइसकेका छन् ।

झण्डै रु १४ करोड योगदान रकम सङ्कलन भइसकेको कोषले जनाएको छ । कोषमा योगदान शुरु गरेर मृत्यु भएका दुई श्रमिकको परिवारले आर्थिक सहायता प्राप्त गर्न थालिसकेका छन् । आगामी मङ्सिर १४ गतेसम्म कोषमा सूचीकृत हुने समयावधि तोकिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : ३३ बजे

प्रधानमन्त्रीले भने- देशमा चौतर्फी विकास हुँदैछ, आत्मनिर्भर बन्दैछ

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं ललिपुरको ग्वार्कोस्थित ओभरपासको शुक्रबार

सातामा शेयरबजार : कारोबार रकम बढे पनि २६ अङ्कले गिरावट

काठमाडौँ – असार पहिलो साता अर्थात असार १ गतेदेखि ५

प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको

भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)  

काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा द युएन रिफ्युजेस एजेन्सी

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)

ललितपुर– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली