सरकारले तोक्यो कफीको मूल्य, कुनको मूल्य कति ? | Khabarhub Khabarhub

सरकारले तोक्यो कफीको मूल्य, कुनको मूल्य कति ?


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । १५ औं राष्ट्रिय कफी दिवसका अवसरमा फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको न्यूनतम मूल्य निर्धारण गरेको हो ।

मंसिर १ गते (आज) बाट लागू हुने गरी यस वर्षको कच्चा कफीको मूल्य तोकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

हेर्नुस् यस्तो छ मूल्य :

बोर्डका अनुसार फ्रेस चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकिएको छ । ८ सय मिटरभन्दा माथिको भूभागमा उत्पादन, प्राङगारिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलाई ग्रेड ‘ए’ मा वर्गिकरण गरिएको छ ।

त्यस्तै प्रेस चेरी ग्रेड ‘बी’ को मूल्य ७५ रुपैयाँ प्रतिकेजी तोकेको छ । ‘ए’ मा नपरेका अन्य कफीलाई ‘बी’ मा राखिएको छ । त्यस्तै पार्चमेन्ट कफी ग्रेड ‘ए’ को मूल्य ४ सय २५ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ ।

ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलाई ग्रेड ‘ए’ मानिनेछ । त्यसैगरी पार्चमेन्ट कफीको ग्रेड ‘बी’ को मूल्य ३ सय ७५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

बोर्डको सूचनाअनुसार ड्राइ चेरी ग्रेड ‘ए’ कफीको मूल्य प्रतिकेजी १ सय ४० रुपैयाँ तोकिएको छ । ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड ‘ए’ मानिनेछ ।

त्यस्तै ड्राइ चेरी ग्रेड ‘बी’ को मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ ।

बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार विगत १० वर्षअघि देखिको कफीको मूल्य तालिका

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ३ : २१ बजे

खाडीमा ‘युद्ध विस्तार गर्ने’ प्रयासस्वरुप इजरायलले ग्यास क्षेत्रमा आक्रमण गर्‍यो : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख

एक्सपेङ जी७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार अर्डर

काठमाडौं– एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी-जी७ ले सार्वजनिक भएको ४६ मिनेटमै

टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौं – टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको

इजरायलीको मृत्युको बदलामा इरानले ‘ठूलो मूल्य’ चुकाउँछ : प्रधानमन्त्री नेतान्याहू

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली नागरिकको हत्याका लागि