काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी उपेन्द्र महतोलाई सोधपुछ गरेको छ।
सीआईबीले निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमसँग सम्बन्धित केही विषयमा जानकारी लिन महतोलाई बोलाएर सोधपुछ गरेको जनाएको छ।
विशेषगरी स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानी-नोक्सानी पुर्याएको आरोपमा भइरहेको अनुसन्धानका क्रममा महतोसँग बयान तथा जानकारी लिइएको सीआईबी स्रोतले जनाएको छ।
सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले महतोलाई सोधपुछ गरिएको पुष्टि गरेका छन्।
यद्यपि, उनले अनुसन्धान जारी रहेकाले यसबारे थप विवरण खुलाउन नमिल्ने बताएका छन्।












प्रतिक्रिया