धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु « Khabarhub

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा आज साउन १४ गते दिउँसो साँढे तीन बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु लगाइएको हो ।

आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम तोकिएका क्षेत्रमा कसैले आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । 

प्रशासनले आदेशको उल्लङ्घन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

कर्फ्यु लागू गरिएको क्षेत्र चारकिल्ला तोकेर निर्धारण गरिएको छ । उत्तरतर्फ लक्ष्मीनियाँ हाटबजार चोकदेखि पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर नोव्वासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमयु स्टिलबाट ५०० मिटर पूर्व पेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन–जनकपुर–ढल्केबर पुल–बेला–कादरी मस्जिदसम्मको क्षेत्र समेटिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ । 

संवेदनशील अवस्था र शान्ति–सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको प्रशासनको भनाइ छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ३ : ३९ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार