सत्य निरुपणका पदाधिकारीको नाम सोमबार सार्वजनिक हुने | Khabarhub Khabarhub

सत्य निरुपणका पदाधिकारीको नाम सोमबार सार्वजनिक हुने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

समितिका सदस्य शर्मीला कार्कीका अनुसार आइतवार बिहान बसेको बैठकले सोमबार आयोगमा परेका नामहरुको सूचना सार्वजनिक गर्ने र ती नामहरुमा उजुरी गर्न पाँच दिन समय दिइनेछ र त्यसपछि नाम सिफारिस हुनेछ ।

दुवै आयोगमा पदाधिकारीहरुमा चाहना राख्ने पुरानै नामका व्यक्तिले पनि फारम भरेका छन् भने व्यक्ति आफैँले र विभिन्न संस्थामा सिफारिस गरेका तथा समितिले सिफारिस गरेका नामहरु पनि रहेको उनको भनाइ थियो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

पदाधिकारीका लागि सम्भावित नामहरुमा उजुरी आह्वान गर्ने प्रक्रियाबाहेक अरू काम हुन सकेको छैन । अब भने प्रक्रिया अगाडि बढ्ने तय भएको छ ।

दुवै आयोग पदाधिकारीविहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाइ भइरहेको भन्दै द्वन्द्वपीडित साझा चौतारीले एक प्रेस विज्ञप्ति जारी राजनीतिक दलबीचको सहमतिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बोलेको जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : १८ बजे

‘हरिबहादुर’ अब ठूलो पर्दामा 

काठमाडौं– नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह

नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार बिहान

अझै कायम छ ‘कटुवाल प्रथा’

लमजुङ– प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक