अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट « Khabarhub

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गर्ने योजना बनाइरहेको एक रिपोर्टले जनाएको छ।

अमेरिकी समाचार पोर्टल एक्सियोसले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वासिङ्टनका युद्धविरामसम्बन्धी सर्त स्वीकार गर्न बाध्य पार्ने रणनीतिअन्तर्गत यस्तो योजना बनाइरहेको जनाएको हो। यद्यपि, ट्रम्पले यस विषयमा अन्तिम निर्णय भने गरिनसकेको रिपोर्टमा उल्लेख छ।

रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूबीचको छलफल इरानी पूर्वाधार र ऊर्जा सुविधालाई लक्षित सम्भावित आक्रमणमा केन्द्रित छ। प्रस्तावित सैन्य अभियानको उद्देश्य जारी युद्धविराम वार्ताका क्रममा इरानमाथि दबाब बढाउनु रहेको जनाइएको छ।

अमेरिकी रिपोर्टहरूका अनुसार इजरायल पनि सम्भावित अभियानमा सहभागी हुन सक्ने देखिएको छ। यस्तो संयुक्त कारबाही भएमा इरानले इजरायल वा क्षेत्रका अमेरिकी सैन्य आधारमाथि थप क्षेप्यास्त्र आक्रमण गर्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ।

अमेरिकी अधिकारीहरूले पछिल्ला दिनमा अमेरिकी सेनामाथि भएका आक्रमणपछि इरान थप आक्रामक बनेको मूल्याङ्कन गरेको रिपोर्टमा जनाइएको छ।

यसअघि  द वाल स्ट्रिट जर्नलको रिपोर्टले पनि राष्ट्रपति ट्रम्पले तेहरानमाथि दबाब बढाउन नयाँ सैन्य अभियानको तयारीका लागि निर्देशन दिएको उल्लेख गरेको थियो।

त्यस्तै, सीबीएस न्युजका अनुसार अमेरिका र इजरायलले पेट्रोलियम सुविधा तथा विद्युत् केन्द्रलगायत ऊर्जा क्षेत्रका संरचनामाथि सम्भावित संयुक्त हवाई आक्रमणका लागि समन्वय गरिरहेका छन्। तर, ह्वाइट हाउसका केही अधिकारीहरूले विरोध जनाएपछि ट्रम्पले अन्तिम स्वीकृति नदिएको रिपोर्टमा उल्लेख छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हालै वासिङ्टनमा राष्ट्रपति ट्रम्प र अमेरिकी युद्ध सचिव पीट हेग्सेथसँग भेटवार्ता गरेपछि यी रिपोर्टहरू सार्वजनिक भएका हुन्।

यसैबीच, ट्रम्पले होर्मुज जलमार्गमा व्यापारिक जहाजमाथि आक्रमण जारी रहेमा पुल तथा ऊर्जा संरचना नष्ट गर्ने चेतावनी दिएको बताइएको छ।

कूटनीतिक प्रयास जारी रहे पनि इरान, इजरायल र अमेरिकाबीचको सैन्य तनाव पाँच महिनाभन्दा लामो समयदेखि कायम रहेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ५ : ०१ बजे

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट