तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार « Khabarhub

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक सम्झौता भएमा उसमाथि गर्न लागिएको सैन्य आक्रमण रद्द गर्ने बताएका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको “परमाणु धम्कीको अन्त्य” र रणनीति हिसाबले महत्त्वपूर्ण “हर्मुज जलडमरूमध्य तत्काल खुला गर्ने” सर्तमा आक्रमण रोक्ने निर्णय लिएको उल्लेख गरेका छन्।

इजरायलसँगको परामर्श र सहमतिमा यो निर्णय लिइएको ट्रम्पले बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले वासिङ्टनले सातान्तमा इरानमाथि भीषण सैन्य हमला गर्ने तयारी गरिरहेको खबर सार्वजनिक गरिरहेका बेला ट्रम्पको यो भनाइ बाहिर आएको हो।

यसअघि तेहरानले अमेरिकामाथि तनाव बढाएको आरोप लगाउँदै वासिङ्टनलाई सहयोग गर्ने जुनसुकै क्षेत्रीय राष्ट्र “युद्धको ज्वालामा भस्म हुने” चेतावनी दिएको थियो।

जारी सन्देशमा ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्धयता कहिल्यै नदेखिएको “सैन्य तागत र शक्तिका साथ इरानविरुद्ध उत्रिन पूर्ण रूपमा तयार रहेको” दाबीसमेत गरेका छन्। तर, इरान र मध्यपूर्वका अन्य देशहरूले सम्झौताका लागि समय दिन आक्रमण स्थगित गर्न “अनुरोध” गरेपछि आफूले आक्रमण रोकेको उनको भनाइ छ।

सम्झौतातर्फ प्रगति भइरहेको सङ्केत गर्दै ट्रम्पले “सम्झौताका मुख्य बुँदाहरूमा सहमति भइसकेको” दाबी गरेका छन्। “यसमा हर्मुज जलडमरूमध्यलाई तत्काल र पूर्ण रूपमा खुला गर्ने तथा इरानको परमाणु धम्की समाप्त पार्ने विषय समावेश छन्,” उनले लेखेका छन्।

ट्रम्पको यो घोषणाबारे इरानले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसैबिच, अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई क्षेत्रमा “तनाव बढेको खण्डमा” सतर्क रहन र जुनसुकै बेला देश छाड्न तयार रहन चेतावनी जारी गरेको छ। सुरक्षा सतर्कतासम्बन्धी सूचनामा भनिएको छ, “मध्यपूर्वमा रहेका अमेरिकीहरूले उच्च सतर्कता अपनाउनुपर्छ र उडान रद्द, हवाई क्षेत्र बन्द वा यात्रामा हुनसक्ने सम्भावित अवरोधका लागि तयार रहनुपर्छ।”

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १० : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार