नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु « Khabarhub

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउन उडाइएको थियो ।

नाज्का नगरपालिकाका अनुसार विमान नजिकैको इका सहरबाट उडेको थियो । पेरुभियाली कम्पनी एरोडियानाद्वारा सञ्चालित उक्त विमानले विगत १४ वर्षदेखि ‘सेसना ग्रान्ड क्याराभान’ विमानमार्फत नाज्का लाइन्समाथि दृश्यावलोकन उडान सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

नाज्का लाइन्स पेरुका प्राचीन बासिन्दाले मरुभूमिमा कुँदेर बनाएका विशाल भू–चित्रहरूको समूह हो । जनावरका आकृतिमा रहेका यी भू–चित्रहरू विमान वा विशेष दृश्यावलोकन टावरबाट मात्र स्पष्ट रूपमा देख्न सकिन्छ ।

पेरुको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा १८ देखि ५४ वर्ष उमेर समूहका सात इटालियन, ५२ वर्षका दुई स्पेनी तथा ७७ र ७८ वर्षका दुई जर्मन नागरिकको मृत्यु भएको छ । साथै, पाइलट अमेरिको सालाजार र सहपाइलट इरेन्का गुआनिलो डेल कार्पियोको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति केइको फुजिमोरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नाज्का विमानस्थलको अस्थायी सञ्चालन स्थगन गर्ने विषयमा सम्बन्धित मन्त्रालयहरूको प्रतिवेदनपछि निर्णय गरिने बताएका छन् । 

पेरुभियाली अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन् । एरोडियाना कम्पनीले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । रासस
 

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १२ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार