प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना « Khabarhub

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई ५ लाख रूपैयाँ नगद जरिवाना गरेको छ। केन्द्रीय बैंकबाट जारी निर्देशनहरू उल्लंघन गरेको निष्कर्षसहित जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार प्रभु बैंकले विगतका समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा कर्जासम्बन्धी दिइएका अधिकांश निर्देशन कार्यान्वयन नगरेको, पटक पटक नियामकीय निर्देशन उल्लंघन गरेको तथा पछिल्लो समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०८२ मा समेत अघिल्लो निरीक्षणमा औंल्याइएका अधिकांश कैफियत सुधार नगरेको पाइएको थियो।

त्यस्तै, बैंकले एकीकृत निर्देशन बमोजिम कर्जाको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकमा पेस गरिएको कर्जासम्बन्धी विवरण बैंकको कोर बैंकिङ प्रणालीबाट प्राप्त हुने विवरणसँग नमिलेको पनि निरीक्षणमा भेटिएको थियो।

नियामकीय निकायलाई फरक विवरण बुझाउनु गम्भीर उल्लंघन भएको निष्कर्ष निकाल्दै त्यसबेला बैंकको नेतृत्व गरिरहेका शेरचनलाई व्यक्तिगत रूपमा जरिवाना गरिएको हो।

राष्ट्र बैंकले प्रभु बैंकको सञ्चालक समितिलाई निरीक्षण प्रतिवेदनमा औंल्याइएका गम्भीर कमजोरी समयमै सुधार गर्न सचेत गराउनुका साथै सुधार योजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएको थियो। तर त्यस अनुसार पर्याप्त सुधार नभएपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृतमाथि पनि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

यो कारबाही आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिकमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामाथि गरेको नियामकीय कारबाहीअन्तर्गत सार्वजनिक गरिएको हो।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को व्यवस्था उल्लंघन गरेको भन्दै सचेत गराइएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ८ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार