कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ? « Khabarhub

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै गएको छ। कोशीमा एमाले अध्यक्ष ओलीले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पहल थालेका छन्। उनले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाएर तिलकुमारलाई मुख्यमन्त्री बनाउन सचिव शेरधन राईलाई खटाइसकेका छन्।

शेरधनले एमाले नेताहरूलाई फकाएर मुख्यमन्त्री कार्कीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेका छन्। शेरधनको निर्देशन नमानेका र केही असन्तुष्ट प्रदेशसभा सदस्यहरूलाई ओलीले फोन गरेका छन्।

उनले मुख्यमन्त्रीमा पटकपटक एउटै (हिक्मत कार्की) लाई अवसर दिनुभन्दा नयाँ र आदिवासी समुदायको व्यक्तिलाई सहयोग गर्न आग्रह गरिरहेका छन्।

ओलीसँग फोनमा कुरा गरेका मोरङका एक सांसदले खबरहब लाई भने , ‘अध्यक्षज्यूले एउटै व्यक्तिलाई पटकपटक अवसर दिनुभन्दा नयाँ ल्याउने कुरा गर्नुभएको छ। म मात्रै होइन, अरू थुप्रै साथीहरूलाई फोन गरेको बुझेको छु।’

ओलीले मुख्यमन्त्री कार्कीले एमाले पुनर्गठनको मुद्दा उठाएपछि उनलाई जसरी पनि हटाउने अभियान चलाएका छन्। फागुन २१ को निर्वाचनमा कार्कीले आफूलाई खुलेर साथ नदिएको गुनासो पनि ओलीसँग छ । सुरूमा ओलीनिकट रहेका हिक्मत अहिले नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । त्यहीकारण ओलीले कार्कीलाई हटाएरै छाड्ने अभियान चलाएका छन्।

कोशी प्रदेशमा एमालेका ३९ जना प्रदेश सभा सदस्यहरू छन्। तीमध्ये ओलीको अभियानमा साथ दिनेहरूको बहुमत पुर्‍याउन काठमाडौंबाटै पनि पहल भइरहेको छ ।

कोशीमा संविधानको धारा संविधानको धारा १६८(५) अन्तर्गत गठन भएकाले अविश्वासको प्रस्ताव दर्ता गर्दा कार्की मुख्यमन्त्रीबाट हट्ने सम्भावना नरहेको व्याख्या गरिन्छ ।

सरकारमा मुख्यमन्त्री दलको औपचारिक निर्णयभन्दा पनि प्रदेशसभा सदस्यहरूको व्यक्तिगत समर्थनका आधारमा नियुक्त हुने अवस्था रहेकाले यहाँ कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन नसकिने बहस चलिरहेको छ।

दलको ह्विपभन्दा सांसदहरूलाई व्यक्तिगत स्वतन्त्रता मिल्ने भएकाले मुख्यमन्त्री कार्कीले राजीनामा दिँदा मात्रै उनी पदमुक्त हुने अवस्था छ। अहिले कार्की मुख्यमन्त्रीबाट राजीनामा दिन तयार छैनन् ।

बरू उनले यदि आफूले पद छाड्नुपर्छ भने ओलीको निर्देशन होइन, एमाले पार्टी कमिटीले लिखित निर्णय गर्नुपर्ने अडान लिएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  २ : ०२ बजे

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

बागमती– मकवानपुरमा गत आर्थिक वर्ष २०८२-८३ मा सबैभन्दा बढी सम्बन्ध

भाजपालाई धक्का : बिहारको बाँकीपुरमा प्रशान्त किशोरको जित निश्चितप्रायः

काठमाडौं- भारतमा गत जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी

मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं– सडकमाथिबाट पहिरो खसेर आज दिउँसोदेखि आवागमन बन्द भएको मुग्लिङ-नारायणगढ

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,