इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता « Khabarhub

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई वेल्स फुटबल एसोसिएसन (एफएडब्लु) ले समर्थन फिर्ता लिएको छ । 

विश्वकप प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद प्रस्ताव असफल भएपछि सार्वजनिक रूपमा समर्थन फिर्ता लिने वेल्स पहिलो सदस्य राष्ट्र बनेको हो ।

एफएडब्लुले सोमबार जारी गरेको विज्ञप्तिमा सन् २०२७–२०३१ कार्यकालका लागि फिफा अध्यक्ष पदमा इन्फान्टिनोको उम्मेदवारीलाई अब समर्थन नगर्ने स्पष्ट गरेको छ । संस्थाले सुशासन, निर्णय प्रक्रिया, नेतृत्व, मूल्यमान्यता, हितधारकसँगको सम्बन्ध, सञ्चार तथा पछिल्ला निर्णयमा देखिएका कमजोरीका कारण इन्फान्टिनोप्रतिको विश्वास गुमेको जनाएको छ ।

विज्ञप्तिमा विश्व फुटबलको हितलाई पहिलो प्राथमिकतामा राख्न असफल हुनु स्वीकार्य नभएको उल्लेख गर्दै यही कारण समर्थन फिर्ता लिइएको जनाइएको छ ।

इन्फान्टिनोले फिफाका २११ सदस्य सङ्घलाई पुरुष र महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजनालाई समर्थन गरे प्रत्येक सङ्घलाई चार करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरेका थिए । तर तीनवटा महादेशीय फुटबल सङ्घको कडा विरोधपछि उनले उक्त योजना फिर्ता लिएका थिए ।

यता, इङ्ग्ल्यान्ड फुटबल एसोसिएसनले पनि फिफालाई पत्र लेख्दै इन्फान्टिनोलाई अब समर्थन नगर्ने जानकारी दिएको छ । यसअघि उसले युरोपेली फुटबल महासङ्घ (युइएफए)को धारणालाई पूर्ण समर्थन गर्दै इन्फान्टिनोले युरोपेली फुटबल नेतृत्वको विश्वास गुमाएको जनाएको थियो ।

उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कन्काकाफ) ले पनि फिफा नेतृत्वबारे व्यापक समीक्षा आवश्यक रहेको बताएको छ भने एसियाली फुटबल महासङ्घ (एएफसी) ले संगठनमा थप पारदर्शिता अपनाउन आग्रह गरेको छ ।

फिफा अध्यक्षको अर्को निर्वाचन सन् २०२७ को मार्चमा मोरक्कोको रबाटमा हुने तय गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ४ : ५८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार