३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ « Khabarhub

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध खैरो हेरोइन, विभिन्न औषधीय लागू पदार्थ र नगदसहित चार जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले साउन १८ गते नागपोखरीस्थित प्रभात तिवारीको घर तथा बा ७ च ५१८० नम्बरको गाडी जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा घरधनी ४३ वर्षीय प्रभात तिवारी, ललितपुर-४ का ५१ वर्षीय सलिन श्रेष्ठ, काठमाडौँ-१४ बल्खुका ५१ वर्षीय भुपेन्द्र श्रेष्ठ र सर्लाही बरहथवा घर भई काठमाडौँ-१२ बस्दै आएका ४० वर्षीय सुजन रायमाझी रहेका छन्।

उनीहरूको साथबाट ३२९.०५ ग्राम खैरो हेरोइन, २२१ क्याप्सुल ट्रामाडोल, १०० ट्याब्लेट नाइट्राजेपाम र नगद १ लाख ९८ हजार ३ २५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

त्यस्तै, प्रहरीले उनीहरूको साथबाट ३ थान ल्यापटप, १ थान डिजिटल तराजु, १ थान सञ्चार सेट, १ थान एलमुनियम पेपर रोल र ४ थान मोबाइलसमेत जफत गरेको छ। पक्राउ परेकाहरूमाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ११ : ०० बजे

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज सदस्यले धारणा राख्ने, समय तीन मिनेट

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई