नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित « Khabarhub

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित एसिया बिजनेस लिडर्स अवार्ड्स अन्तर्गत ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् ।

कम्पनीका अनुसार यो सम्मान नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि पनि ऐतिहासिक उपलब्धि हो । यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमता र योगदानलाई थप स्थापित गरेको कम्पनीले जनाएको छ।

तुलाधर यसअघि नेपाल लिकर्समा डाइरेक्टर अफ अपरेसन्सका रूपमा कार्यरत थिए। त्यसपछि उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । ‘जेन–जी’ पुस्ताका नेतृत्वकर्ताका रूपमा परिचित उनले युनिभर्सिटी अफ रिचमन्ड र इसेक बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका छन्।

कम्पनीका अनुसार उनले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र संस्थाभित्रको व्यावहारिक अनुभवलाई संयोजन गर्दै बजारमा आधुनिक तथा दूरदर्शी दृष्टिकोण स्थापित गरेका छन् । उनको नेतृत्वले संस्थागत विरासतलाई नवप्रवर्तनसँग जोड्दै कम्पनीको व्यवसायलाई नयाँ गति दिएको कम्पनीको भनाइ छ ।

सम्मान प्राप्त गरेपछि उनलेयो उपलब्धि आफ्नो व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको सामुहिक मेहनतको परिणाम भएको बताए।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ८ : ३८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र