थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान « Khabarhub

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा ३ शिक्षक र ३ विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य १५ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नोन्थाबुरी प्रान्तस्थित डेबसिरिन नोन्थाबुरी विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका थिए। प्रारम्भिक अनुसन्धानमा विद्यालय जानुअघि उनले आफ्नै घरमा हजुरबुबा र हजुरआमाको समेत हत्या गरेको खुलेको छ। दुवैको शव घरबाट बरामद गरिएको छ।

गोलीकाण्डमा प्रयोग गरिएको ९ एमएम पिस्तोल विद्यार्थीका हजुरबुवाको नाममा दर्ता भएको हतियार रहेको प्रहरीले जनाएको छ। हजुरबुवा स्वयम् शिक्षक थिए। घटनापछि आरोपी विद्यार्थी पनि गम्भीर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी राखेको छ। थाइल्यान्डका प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको प्रभावकारी उपचार गर्न र पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रत्यक्षदर्शीका अनुसार गोली चल्न थालेपछि विद्यार्थीहरू ज्यान जोगाउन कक्षाकोठाभित्र लुकेका थिए। त्यसपछि प्रहरीले विद्यालय पुगेर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो। घटनापछि विद्यालय क्षेत्रमा त्रास र अफरातफरीको अवस्था सिर्जना भएको थियो।

थाइल्यान्डमा यसअघि पनि विद्यालय तथा सार्वजनिक स्थानमा गोलीकाण्डका घटना हुँदै आएका छन्। ती घटनापछि सरकारले हतियारसम्बन्धी कानुन कडा बनाउने, लाइसेन्स प्रक्रियामा निगरानी बढाउने तथा मानसिक स्वास्थ्यसम्बन्धी जोखिमको मूल्यांकनलाई प्राथमिकता दिने प्रयास गरेको भए पनि यस्ता घटना दोहोरिँदै आएका छन्।

थाइल्यान्डमा सर्वसाधारणले सरकारी लाइसेन्स लिएर मात्र बन्दुक राख्न पाउने व्यवस्था छ। बन्दुक खरिद, दर्ता र सार्वजनिक स्थानमा बोकेर हिँड्न छुट्टाछुट्टै अनुमति आवश्यक पर्छ।

प्रारम्भिक अनुसन्धानले यस घटनामा पनि परिवारकै लाइसेन्स प्राप्त हतियार प्रयोग भएको देखाएपछि घरमा राखिएका हतियार बालबालिका र किशोरको पहुँचबाट कत्तिको सुरक्षित छन् भन्ने विषय फेरि बहसमा आएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  २ : १६ बजे

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १

नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

कैलाली– नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी

म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक