काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो « Khabarhub

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ । 

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१-८२ को तुलनामा आर्थिक वर्ष २०८२-८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर रु ३६ अर्ब ३८ करोड नाघेको हो ।

आव २०८१-८२ को असारसम्म काँकरभिट्टा नाका भएर २५ अर्ब ८३ करोड १० लाख ६४ हजार बराबरको व्यापार घाटा रहेकामा आव २०८२-८३ को सोही अवधिमा १० अर्ब ५५ करोड १९ लाख ७८ हजारले वृद्धि भई रु ३६ अर्ब ३८ करोड ३० लाख ४२ हजार पुगेको छ ।

समीक्षा अवधिमा यस नाकाबाट हुने आयात (पैठारी) २२ दशमलव ७१ प्रतिशतले बढेको छ । आव २०८१-८२ मा रु ५१ अर्ब आठ करोड ६५ लाख आठ हजार बराबरको सामान आयात भएकोमा गत आव २०८२-८३ मा ११ अर्ब ६० करोड नौ लाख १८ हजारले बढेर रु ६२ अर्ब ६८ करोड ७४ लाख २६ हजार पुगेको छ ।

सोही अवधिमा निर्यात ९निकासी० तर्फ चार दशमलव १५ प्रतिशतको वृद्धि दर्ता भएको छ । आव २०८१र८२ को असारसम्म रु २५ अर्ब २५ करोड ५४ लाख ४४ हजारको वस्तु निर्यात भएकामा आव २०८२र०८३ मा रु एक अर्ब चार करोड ८९ लाख ३९ हजारले बढेर रु २६ अर्ब ३० करोड ४३ लाख ८३ हजार पुगेको छ ।

आयात र निर्यात दुवैमा वृद्धि भएसँगै कूल वैदेशिक व्यापार १६ दशमलव ५७ प्रतिशतले बढेर रु ८८ अर्ब ९९ करोड १८ लाख १० हजार पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कूल वैदेशिक व्यापार रु ७६ अर्ब ३४ करोड १९ लाख ५३ हजार रहेको थियो ।

पूर्वी नाकाबाट हुने कूल व्यापारमा आयातको वर्चस्व झन् बढेको छ । आयात(निर्यात अनुपातको हिसाब गर्दा आव २०८१र८२ मा रु एकको निर्यात गर्दा रु दुई दशमलव शून्य दुईको आयात हुने गरेकामा गत आवमा अनुपात बढेर रु दुई दशमलव ३८ पुगेको छ ।

कूल व्यापारमा निर्यातको हिस्सा ३३ दशमलव शून्य आठ प्रतिशतबाट घटेर २९ दशमलव ५६ प्रतिशतमा सीमित भएको छ भने आयातको हिस्सा ६६ दशमलव ९२ प्रतिशतबाट बढेर ७० दशमलव ४४ प्रतिशत पुगेको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ४ : ४१ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६