क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ « Khabarhub

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोकका एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन्।

वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई साउन २४ गते गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुलालले क्यानडामा रोजगारी दिलाइदिने प्रलोभनमा पारी एक व्यक्तिबाट ३७ लाख रुपैयाँ ठगेको अभियोग छ।

पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १० : ४४ बजे

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा