अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता « Khabarhub

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो लामबीच व्यापारिक तथा रणनीतिक साझेदारीलाई बलियो बनाउने सहमति भएको छ ।

अल्बानिज र लामले संसद् भवनमा भेटवार्ता गरेपछि एक संयुक्त विज्ञप्ति जारी गर्दै दुई राष्ट्रले व्यापक व्यापारिक साझेदारी अगाडि बढाउन आफ्नो आर्थिक र रक्षा सम्बन्धलाई  पनि आत्मसाथ गर्ने बताए।

दुवै नेताले खुला, समावेशी र निष्पक्ष नियममा आधारित बहुपक्षीय व्यापार प्रणाली प्रति आआफ्नो प्रतिबद्धता व्यक्त गरे। दुवै देशले खुला र भरपर्दो व्यापार साझेदारी कायम राख्न इच्छुक रहेको अल्बानिजले पत्रकारहरूसँगको साक्षात्कारमा बर्ता। 

अस्ट्रेलिया र भियतनामले डिजिटल अर्थतन्त्र र कृषि तथा दिगो विकासमा सहयोगलाई मजबुत बनाउन संयुक्त व्यापार सम्झौतामा हस्ताक्षर गरेको उनले बताए। 

लामले समयआनुकूल जोडिएको द्विपक्षीय सम्बन्धले अस्ट्रेलिया र भियतनामको हितमा काम गर्ने र व्यापारिक अड्चन फुकाउने विषयमा विश्वास व्यक्त गर्दै सम्झौताले व्यापारलगायत विश्वमा शान्ति, सहयोग र विकास प्रक्रियामा समेत योगदान पुर्‍याउने बताए।
 

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ४ : ५३ बजे

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली