टेक्सासमा अमेरिकी सेनाको अपाचे हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु « Khabarhub

टेक्सासमा अमेरिकी सेनाको अपाचे हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टेक्सास- अमेरिकी सेनाको एएच–६४ अपाचे आक्रमण हेलिकप्टर मध्य टेक्सासको सालाडो नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई सैनिकको मृत्यु भएको छ।

अमेरिकी सेनाका अनुसार प्रशिक्षण तथा सैन्य कारबाहीका क्रममा हेलिकप्टर बेल काउन्टीस्थित सालाडो नजिकैको एक खेतमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा हेलिकप्टरमा सवार दुवै सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ।

दुर्घटनापछि मृतक सैनिकका शवलाई थप परीक्षण तथा आवश्यक प्रक्रियाका लागि फोर्ट हुडस्थित कार्ल आर. डार्नल आर्मी मेडिकल सेन्टरमा लगिएको सेनाले जनाएको छ।

काउन्टी शेरिफको कार्यालयलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम सीएनएनले दुर्घटनाका कारण ठूलो घाँसे मैदानमा आगलागी भएको जनाएको छ। अधिकारीहरूका अनुसार हेलिकप्टर दुर्घटनाका क्रममा कुनै संरचना वा अन्य व्यक्तिलाई ठक्कर दिएको थिएन।

क्याभलरी डिभिजनका कार्यवाहक कमान्डिङ जनरल ब्रिगेडियर जनरल इथान डिभेनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतक सैनिकका परिवार, साथीभाइ तथा सहकर्मीप्रति समवेदना प्रकट गरेका छन्।

टेक्सासका गभर्नर ग्रेग एबटले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतक सैनिकका परिवार तथा फोर्ट हुड समुदायप्रति समवेदना प्रकट गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत आफू र आफ्नी श्रीमती सिसिलियाले मृतक सैनिक तथा उनीहरूका परिवारका लागि प्रार्थना गरिरहेको बताएका छन्।

एएच–६४ अपाचे दुई सिटे आक्रमण हेलिकप्टर हो, जसमा पाइलट र सह–पाइलट रहने गर्छन्। सन् १९८० को दशकमा अमेरिकी सेनामा समावेश भएदेखि अपाचे अमेरिकी सेनाको प्रमुख आक्रमण हेलिकप्टरका रूपमा प्रयोग हुँदै आएको छ।

हालसम्म दुर्घटनाको कारण खुल्न सकेको छैन। फोर्ट हुडले घटनाबारे अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त हुने थप जानकारी कानून तथा नियमअनुसार सार्वजनिक गर्ने जनाएको छ।

मृतक सैनिकको पहिचान तथा दुर्घटनाको वास्तविक कारणबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने सेनाले जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ३ : ५१ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)