निर्यातभन्दा आयात पाँचगुणा बढी « Khabarhub

निर्यातभन्दा आयात पाँचगुणा बढी


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा आयात पाँचगुणाले बढी भएको छ । 

इकाइबाट प्राप्त तथ्यांकअनुसार ५४२ मेट्रिकटन तरकारी तथा फलफूल निर्यात हुँदा दुई हजार ९०७ मेट्रिकटन आयात भएको कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । 

उक्त अवधिमा २६६ मेट्रिकटन तरकारी निर्यात हुँदा एक हजार ५९६ मेट्रिकटन तरकारी आयात भएको छ । एक सय ९८ मेट्रिकटन फलफूल निर्यात हुँदा ७३८ मेट्रिकटन फलफूल आयात भएको छ ।

खाद्यान्नबालीतर्फ ७८ मेट्रिकटन निर्यात हुँदा ५७३ मेट्रिकटन आयात भएको छ । तनहुँ, गोरखा, कास्की, लमजुङले निर्यात गर्दा चितवन, धादिङ, गोरखा, मकवानपुर र नवलपुरले आयात गर्ने गरेका छन् । 

कार्यालयको तथ्यांकअनुसार तनहुँ हुँदै कृषिउपज मुख्य रूपमा गोरखा, कास्की र लमजुङ जिल्लामा निर्यात हुने गरेका छन् । विशेषगरी मौसमी तरकारी, फलफूल तथा स्थानीय उत्पादनको माग ती जिल्लामा रहेकाले निर्यात हुने गरेको अधिकारीको भनाइ छ । 

तनहुँ जिल्ला हुँदै चितवन, धादिङ, गोरखा, मकवानपुर र नवलपुर जिल्लाबाट आयात हुने गरेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा पर्याप्त उत्पादन नहुने मौसममा तरकारी तथा फलफूल बाहिरी जिल्लाबाट भित्रिने गरेको अधिकारीले बताए। 

अधिकारीका अनुसार तनहुँमा व्यावसायिक तरकारीखेती, सुन्तलाजात फलफूल, धान, मकै तथा अन्य खाद्यान्न उत्पादनमा कृषकको आकर्षण बढ्दै गएको छ । सिँचाइ, कृषि सडक, प्रविधि र बजार व्यवस्थापनमा थप सुधार गर्नसके जिल्लाको उत्पादन क्षमता अझ वृद्धि हुने सम्भावना रहेको उनको भनाइ छ । 

कृषि विकास कार्यालयले उत्पादन वृद्धि, व्यवसायीकरण तथा बजार पहुँच विस्तारका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
 
कृषकलाई अनुदान, प्राविधिक सेवा तथा आधुनिक खेती प्रविधि उपलब्ध गराउने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नसके आगामी दिनमा आयात प्रतिस्थापनसँगै निर्यात वृद्धि गर्न सकिने विज्ञहरूको भनाइ छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ६ : ०१ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा