पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति « Khabarhub

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकोमा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले श्रेष्ठको गिरफ्तारी र खानतलासीको नाममा उनको घरमा प्रहरीको गतिविधि आपत्तिजनक भएको बताएका हुन् ।

उनले कानुनी राज र प्रेस स्वतन्त्रताको सम्मान हुन नसके मुलुक झन ठूलो समस्यामा फस्ने नेतालको भनाइ छ ।

‘पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र खानतलासीको नाममा घरमा गरिएको प्रहरी गतिविधि आपत्तिजनक छ । कानूनी राज र प्रेस स्वतन्त्रताको सम्मान हुन नसके मुलुक झन् ठूलो समस्यामा फस्नेछ,’ नेपालले भनेका छन्।

पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति उनकै निवास ललतिपुरबाट पक्राउ गरेको हो। आज उनीविरुद्ध ३ दिनको म्याद थपको अनुमतिसमेत अदालतले दिइसकेको छ। त्यस्तै उनकी श्रीमतीले रिहाइको माग गर्दै सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदनसमेत दायर गरेकी छन्।

उक्त निवेदनको पेसी शुक्रबारलाई तोकिएको छ। श्रेष्ठलाई भने गोपनीयता भंग गरिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १० : ०१ बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक