रूसले फिर्ता गर्‍यो नियन्त्रणमा लिएको यूक्रेनी पानीजहाज « Khabarhub

रूसले फिर्ता गर्‍यो नियन्त्रणमा लिएको यूक्रेनी पानीजहाज


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसले एक बर्ष पहिले क्रिमिया क्षेत्रबाट कब्जामा लिएका यूक्रेनी पानीजहाजलाई सोमबार फिर्ता गरेको छ ।

‘सन् २०१८ को नोभेम्बरमा यूक्रेनी सामुद्रिक क्षेत्र पार गरी रूसी क्षेत्रमा पुगेपछि रूसको नियन्त्रणमा रहँदै आएका यूक्रेनी नौसेनाका तीन पानीजहाजलाई रूसले सोमबार सम्बन्धित अधिकारीको रोहबरमा फिर्ता गरेको छ,’ रूसी विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि यसबारे यूक्रेनी पक्षले कुनै प्रतिक्रिया दिएको छैन । रूस र यूक्रेन छुट्याउने एजोज समूद्रको सीमा क्षेत्र (केर्च स्ट्रेट) बाट गैरकानूनी रूपमा सीमा पार गरेको भन्दै रूसी सेनाले गत बर्ष ती जहाजलाई नियन्त्रणमा लिएको थियो ।

कब्जामा लिइएका पानीजहाज हस्तान्तरणमा रूसी तथा यूक्रेनी सेनाका उच्च अधिकारी तथा विदेशमन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको मस्को स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ८ : २५ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा