भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता « Khabarhub

भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका छन्।

आइतबार काठमाडौं उत्रिएका भारतीय स्थल सेनाध्यक्ष सेठले सोमबार जङ्गी अड्डामा प्रधान सेनापति सिग्देलसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा दुवै पक्षबीच आपसी हितका विषय तथा नेपाल र भारतबीचको पारस्परिक सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

भारतीय स्थल सेनाध्यक्ष सेठको नेपाल भ्रमणका क्रममा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध र सैन्य सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भइरहेको छ।

नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि उच्चस्तरीय भ्रमण तथा विभिन्न सैन्य सहकार्य हुँदै आएको छ। दुई सेनापतिलाई एकअर्का देशमा मानार्थको दर्ज्यानी चिह्न दिने चलन पनि रहेको छ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १ : ०६ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट