स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर « Khabarhub

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा औषधिमा छुट दिने कार्यक्रम आयोजना हुने भएको छ ।

बागेडाँगी सामुदायिक विकास केन्द्रको आयोजना तथा एन्जल फाउण्डेशनको प्राविधिक सहयोगमा सोमबार अर्जुनधारा–५ स्थित केन्द्रको सभाहलमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी एकदिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हृदयघात, सर्पदंश, आगलागीबाट हुने चोटपटक, करेन्ट लाग्दा अपनाउनुपर्ने प्राथमिक उपचारका उपाय तथा गुप्त रोगसम्बन्धी एक सय तीन जना सहभागीलाई सचेतना दिइएको केन्द्रका अध्यक्ष टेकनाथ अधिकारीले बताए ।

सचेतना कार्यक्रमसँगै भोलिसुगर र प्रेसर परीक्षण तथा बिहीबार पाइल्स, फिसर र फिस्टुलाको रोकथाम तथा उपचारसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षण निःशुल्क गरिने र आवश्यक औषधिमा ५० प्रतिशत छुट उपलब्ध गराइने केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रकुमारी तामाङले स्वास्थ्य र उपचारसम्बन्धी जानकारीको अभाव रहेका समुदायमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले आगामी दिनमा पनि स्थानीयस्तरमा स्वास्थ्य सचेतना र परीक्षणका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ११ : १३ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद