राष्ट्रसंघका महासचिव गुटेरेसलाई सहकारी पीडितको गुहार : हाम्रो दुःख-पीडा बालेनले सुनेनन् ! « Khabarhub

राष्ट्रसंघका महासचिव गुटेरेसलाई सहकारी पीडितको गुहार : हाम्रो दुःख-पीडा बालेनले सुनेनन् !


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी तथा लघुवित्तपीडत पाँच दिनदेखि पुल्चोकस्थित मानव अधिकार आयोगको प्राङ्गणमा धर्नामा छन् ।

समस्या समाधानको माग राखी नागरिक बचाऔँ महाअधियानको नेतृत्वमा धर्नामा रहेका उनीहरूले मानवअधिकार प्रवर्द्धनमा क्रियाशील संयुक्त राष्ट्र संघलाई गुहारेका छन् । 

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफूहरूको मागको बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलन स्थलबाटै प्लेकार्डमार्फत संघका महासचिवको ध्यानाकर्षण गराएका छन् । 

उनीहरूले ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’, ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लेखेको प्लेकार्ड धर्ना स्थलमा राखेका छन् ।

उनीहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएका सहमति पूरा गर्न माग गर्दै आयोगमा गत साउन २९ मा ज्ञापन-पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछि आयोगको कार्यालयबाहिर धर्ना सुरू गरेका थिए ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ४ : ३४ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको