काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किका छन् ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा नेपाल आएका सेठ बुधबार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन बिमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसीले विदाई गरेका थिए ।
सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेका थिए । भने मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।
त्यस्तै नेपाली सेनाद्वारा आयोजित बिभिन्न कार्यक्रममा समेत उनी सहभागी भएका थिए । यस भ्रमणले दुईदेशबीच रहदै आएको सैनिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्धत पुगेको नेपाली सेनाले जनाएको छ ।












प्रतिक्रिया