अर्थ समाचार : स्वर्णिमले बिजुलीमा भ्याट लगाएपछि विराजभक्तले महसुल घटाउँदै, कृषि बीमा अब प्रदेश सरकारले हेर्ने र राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै « Khabarhub

अर्थ समाचार : स्वर्णिमले बिजुलीमा भ्याट लगाएपछि विराजभक्तले महसुल घटाउँदै, कृषि बीमा अब प्रदेश सरकारले हेर्ने र राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुरमा रायो र मुला खेती अभियान, २२ लाख किलो कृषि उपज खरिद गर्ने तयारी

भोजपुरमा रायो र मुला खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने अभियान सुरु भएको छ।

टेम्केमैयुङ गाउँपालिकाले किसानले उत्पादन गरेको रायो र मुलाको बजार सुनिश्चित गर्ने उद्देश्यले सिद्धकाली एग्रो भोजपुर प्रालिसँग सहकार्य गरी खेती विस्तारको कार्यक्रम अघि बढाएको हो।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत किसानलाई उन्नत जातको रायो र मुलाको बीउ अनुदानमा वितरण गर्ने जनाएको छ।

किसानले उत्पादन गरेको कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गरी ‘खरिदपूर्व सम्झौता’मार्फत बजारको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ।

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न आग्रह सरकारसँग आयोगको आग्रह

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

घट्न बढ्न सकेन नेप्से

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक क्षति कम गर्न र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ कार्यविधि सार्वजनिक गरेको छ ।

‘कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३’ अनुसार अब कृषि बीमा प्रदेश सरकारले हेर्ने भएको हो ।

नयाँ कार्यविधि अनुसार किसानहरूले १ करोड रुपैयाँसम्मको बीमाङ्क रकम भएको बीमालेखमा ८० प्रतिशत अनुदान र करोड रुपैयाँ भन्दा माथिको थप बीमाङ्क रकमको हकमा भने ५० प्रतिशत अनुदान प्राप्त गर्न सक्नेछन् ।

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ७ : ०० बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र