आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु « Khabarhub

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको भन्दै छानविनको माग गरेका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरेका हुन् ।

उनले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात १५ दिनभित्र मगाइएकोमा सो विवरण अझै उपलब्ध नभएकोप्रति आपत्ति जनाए ।

त्यस्तै उनले अघिल्लो बैठकमा आफूले उठाएका प्रश्नबाट कसैको मानमर्दन भएको लागेमा अदालत गएर मुद्दा हाल्न चुनौती दिए  । 

अदालतको कठघरामा उभिएर प्रत्येक प्रश्नको सामना गर्न र जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको उनले बताए । 

उनले समिति बैठकमा एक सांसदले अर्को सांसदलाई होच्याउने, धम्क्याउने वा घेराबन्दी गर्ने कार्य मान्य नहुने उल्लेख गरे । सबै सांसदहरू जनताबाट निर्वाचित र सार्वभौम भएकाले आफ्ना कुरा राख्न पूर्ण स्वतन्त्र रहेको उनले बताए ।

उनले छलफलका क्रममा नियमविपरीत भएमा अन्य सांसदले नभई समितिका सभापतिले मात्र रुलिङ गर्नुपर्ने तर्क गरे। 

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १ : ४६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार