रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर « Khabarhub

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको छ। 

बैठकमा आज पनि प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित नहुने भएका छन्। शाह मुस्ताङ तर्फको भ्रमणमा निस्केको उनको सचिवालयले जनाएको छ।  प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह भने बैठकमा उपस्थित छन् ।

कार्य व्यस्तताका कारण उनी मुस्ताङको भ्रमणमा गएको सचिवालयले दाबी गरे पनि बालेनले केन्द्रीय कमिटी बैठक छलेको देखिन्छ । बालेन समूहका नेताहरू केन्द्रीय कमिटी बैठकमा उपस्थित भइरहेका छन् । पार्टी सभापति रवि लामिछाने पनि पार्टी कार्यालयमा आइसकेका छन्। 

केही दिन अगाडि बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकमा पनि शाह उपस्थित किन भएनन् भन्ने विषय उठेको थियो । त्यसपछि सभापति रविले अर्को संसदीय दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुने जानकारी गराएका थिए । तर बालेन केन्द्रीय कमिटीको बैठकमा भने आज उपस्थित छैनन्। 

असार ७ देखि १२ गतेसम्म चितवनमा भएको महाधिवेशनपछि तेस्रोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। आजको बैठकमा पार्टी सभापति लामिछानेले केही केन्द्रीय सदस्य र पदाधिकारी मनोनित गर्न सक्ने देखिन्छ तर यसको यकिन जानकारी गराइएको छैन । 

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा सभापति लामिछानेले ५१ केन्द्रीय कमिटी ११ जना पदाधिकारी र १८ भन्दा बढी सचिवालय सदस्य नियुक्त गर्न पाउने प्रावधान छ। यस अगाडि लामिछानेले वरिष्ठ नेतामा वालेन्द्रलाई मात्रै मनोनित गरेका थिए।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १२ : १८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार