भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु « Khabarhub

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन् ।

मन्त्री रावल भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायत जिल्लाको भ्रमणमा रहने कार्यक्रम छ ।

भ्रमणका क्रममा उनले मन्त्रालयसँग सम्बन्धित जनगुनासा प्रत्यक्ष सुन्नुका साथै सहकारीका समस्या तथा भूमिहीन र सुकुम्वासी नागरिकका विषयमा सरोकारवालासँग छलफल गर्ने बताएकी छन् ।

‘भोलि भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलाली लगायतका जिल्लाहरूको भ्रमणमा रहनेछु। भ्रमणका क्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका जनगुनासो सुन्ने, सहकारी क्षेत्रका समस्या तथा उक्त क्षेत्रका भूमिहीन, सुकुम्वासी जनतासँग र सम्बन्धित सरोकारवालाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।’ उनले सामाजिक सञ्जालमा भनेकी छिन, ‘साथै, सम्बन्धित विषयमा सरकारले गरिरहेका काम तथा आगामी तयारीका बारेमा जानकारी गराउनेछु।’

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  २ : ०० बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा