ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना « Khabarhub

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि सरकारका मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाएको बताएका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि जनतालाई ‘आफ्नो भोट फिर्ता लैजाऊ’ भन्नु गैरजिम्मेवारीपन र ओठे जवाफ भएको बताएका हुन् । 

उनले ड्रम बजाउने र नाच्ने मान्छेहरू जिम्मेवार पदमा पुगेका कारण यस्तो गैरजिम्मेवार परिस्थितिको सिर्जना भएको उल्लेख गरे । 

ढुंगानाले मुलुकलाई फेरि निर्दलीय व्यवस्थातर्फ धकेल्न खोजिएको आशंका व्यक्त गर्दै त्यसका विरुद्ध जनता र सांसदहरू जुनसुकै बलिदान दिन तयार रहेको धारणा राखे । 

अहिले मुलुकको राष्ट्रियता निकै कमजोर अवस्थामा पुगेको र राष्ट्रवादी शक्तिहरूलाई सिध्याउने षड्यन्त्र भइरहेको उनले बताए  ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  २ : २५ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो