काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री बनेका छन्। आज बसेको केन्द्रीय कमिटी बैठकले पुष्पतमलाई सहममन्त्रीको जिम्मेवारी दिएको हो।
मधेसका प्रभावशाली नेताका रूपमा देखिएका उनी अमरेसिंह निकट मानिन्छन् । अमरेशले नै उनलाई सहममन्त्रीमा नियुक्तिका लागि दबाब दिएको दाबी गरिन्छ । उनी केन्द्रीय सदस्यमा पनि आजै मनोनीत भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट तीनजना नेताहरू सहममन्त्रीमा निर्वाचित भएका थिए ।
जसमा निशा डाँगी हरि ढकाल र असिम शाह छन् । पार्टीको विधानमा पाँचजना सहममन्त्री रहने व्यवस्था छ । अब एक सहममन्त्री टुङ्गो लाग्न बाँकी छ ।
त्यो बालेन पक्षबाट मनोनीत हुने भएकाले आज नाम नपुगेकाले मनोनीत नगरिएको संकेत देखिन्छ ।












प्रतिक्रिया