बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने « Khabarhub

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर यहाँको भ्रमण तालिकाबारे दर्शकहरूलाई जानकारी दिएका छन् ।

गायक शान क्लब नोभामा शनिबार कन्सर्टका लागि आएका हुन् । सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले आफ्नै स्वरको नेपाली गीत ‘मुसुमुस हाँसिदेउ न लै लै’को सानो अंश गाएर सुनाए ।

साथै, भ्रमणको मुख्य उद्देश्यलाई प्रचार गर्न उनले नेपाली भाषाबाटै सन्देश प्रवाह गरे । उनले नेपाली भाषामै दर्शकहरूलाई आग्रह गरे, ‘भोलि क्लब नोभामा भेटौँला ।’

शानले शनिबार उक्त क्लबमा सांगीतिक प्रस्तुती दिनेछन् । उनले भने, ‘४० वटा गीत गाउने योजना छ । ननस्टप गाउने हो । मेरो रोमान्टिक मात्रै होइन डान्सिङ गीतहरू पनि छन् । हिन्दी-नेपाली गीत गाउने हो । जति बेलासम्म गाउन दिन्छ गाउने हो । सोढे दुई घण्टा जति ।’

शान १५ वर्षपछि नेपाल आएका हुन् । ‘काठमाडौंमा के के गर्ने योजना छ ?’ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘पशुपतिनाथ मन्दिरमा जानु छ । काठमाडौंका चर्चित ठाउँहरूमा जानु छ । काठमाडौं सुन्दर सहर हो । नेपाली खान खाने हो, मःमः खाने हो ।’

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ५ : ०२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार