झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट « Khabarhub

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक बनेको कम बजेटको चिनियाँ एनिमेटेड फिल्म ‘नियु लाइ’ अहिले त्यही कारण अप्रत्याशित हिट बनेको छ । फिल्म कति ‘खराब’ छ भनेर हेर्न दर्शक सिनेमाघर पुग्न थालेपछि यसको व्यापार बढेको हो ।

टिकट प्लेटफर्म माओयानका अनुसार अगस्ट ५ मा प्रदर्शनमा आएको फिल्मले पहिलो साता करिब सात हजार युआन कमाएको थियो । तर सामाजिक सञ्जालमा चर्चा बढेपछि यसको कुल कमाइ तीन करोड ३० लाख ६० हजार युआन अर्थात् करिब ४९ लाख २० हजार अमेरिकी डलर पुगेको छ । आमा–छोराले निर्माण गरेको फिल्म बाछो ‘नियु लाइ’ को यात्रामा आधारित छ । यसलाई बनाउन पाँच वर्ष लागेको र दुवैले मौलिक सङ्गीतसमेत तयार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा कार्यरत अमेरिकी सङ्गीतकार केलान मोरियार्टीले फिल्मलाई ‘यति खराब कि त्यति नै राम्रो’ भने । उनका अनुसार फिल्म पूर्ण नभए पनि त्यसमा मानवीय भावना र मेहनत देखिन्छ । “एआईले यस्तो फिल्म केही सेकेन्डमै बनाउन सक्थ्यो, तर उनीहरूले एआई प्रयोग नगरी समय लगाएका छन्”, उनले भने । कठोर देखिने थ्रीडी पात्र र अस्वाभाविक संवाद रहेको फिल्मले बाछो र उसकी आमाबीचको सम्बन्ध देखाउँछ ।

यसको अपरिष्कृत शैली सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शकले कमजोरीलाई नै मनोरञ्जनको हिस्सा बनाउन थालेका छन् । बेइजिङकी विद्यार्थी स्टेला जिङले सामाजिक सञ्जालमा देखिएका मीमपछि आफू फिल्म हेर्न पुगेको बताइन् । उनका अनुसार प्रस्तुति केही असहज भए पनि बाछोको हिँडाइ जस्ता विवरण रमाइला छन् ।

फिल्म चर्चित भएपछि ताओबाओलगायत अनलाइन बजारमा पहेँलो गाईका टी–सर्ट, मूर्ति र अन्य सामग्री बिक्री हुन थालेका छन् । बेइजिङका सिनेमाघरमा पनि फिल्मका हातले बनाइएका ब्यानर देखिन थालेका छन् । अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एसोसिएट प्रोफेसर पान वाङले फिल्मको खस्रोपन र अपूर्णता नै यसको आकर्षण बनेको बताए ।

चीनमा एनिमेसनको लोकप्रियता बढिरहेको बेला गत वर्ष ‘ने झा २’ ले ‘इनसाइड आउट २’ लाई उछिन्दै सर्वाधिक कमाउने एनिमेटेड फिल्मको कीर्तिमान बनाएको थियो । ‘नियु लाइ’ को सफलता भने उच्च बजेटभन्दा मानवीय मेहनत र सामाजिक सञ्जालको प्रभावले पनि दर्शक तान्न सक्ने उदाहरण बनेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ६ : ५५ बजे

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका