विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना « Khabarhub

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद घटनालाई लिएर अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघमाथि फिफाले कारबाहीको निर्णय गरेको छ ।

गत जुलाई १९ मा मेटलाइफ स्टेडियममा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका खेलाडी तथा अफिसिया स्पेनका खेलाडीसँग झडपमा उत्रिएका थिए ।

अजेन्टिनाका खेलाडी नाहुएल मोलिना, लिआन्द्रो परेडेस, थियागो अल्माडा र सहायक प्रशिक्षक रोबर्टो आयाला उक्त घटनामा संलग्न देखिएका थिए ।

शुक्रबार फिफा अनुशासन समितिको बैठकले परेडेसलाई १० खेलको प्रतिबन्धका साथै ९० हजार डलर जरिबाना गरेको छ ।

त्यस्तै, मोलिनालाई सात खेलको प्रतिबन्ध र ९० हजार डलर जरिबाना, अल्माडालाई एक खेल प्रतिबन्ध र ३० हजार डलर जरिबाना तथा अयालालाई तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिबाना लगाइएको छ ।

यसैगरी, फिफाले विश्वकपका दौरान भएका खेलभावना विपरीतका क्रियाकलापको आरोपमा अर्जेन्टिना फुटबल संघलाई तीन लाख २१ हजार अमेरिकी डलर जरिबाना गरेको छ ।

फिफाले अर्जेन्टिनी समर्थकहरूले लगाएका भेदभावपूर्ण नारा र इसारा, विश्वकप फाइनलपछि गरेको झगडा तथा प्रतियोगिताका विभिन्न खेलका क्रममा दर्शकहरूले मैदानमा फालेको सामग्रीलगायत घटनामा अनुसन्धान गरेको थियो ।

यस्तै, अर्जेन्टिनाले दुई घरेलु खेल ५० प्रतिशत मात्र समर्थकको उपस्थितिमा खेल्नु पर्नेछ । संघले जरिबानाको तीन लाख २१ हजारमध्ये एक लाख डलर रंगभेदविरुद्धको अभियानमा खर्चिनुपर्नेछ ।

यसैगरी, घटनामा संलग्न स्पेनिस खेलाडी पाव्लो मार्टिन पाइज गाभिरा (गाभी)लाई पनि एक खेलको प्रतिबन्ध र ३० हजार डलर जरिबाना तोकिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १० : १० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार