युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु « Khabarhub

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। राजधानी किएभ र दक्षिणी सहर जापोरिझियामा भएका छुट्टाछुट्टै आक्रमणमा उनीहरूको मृत्यु भएको हो।

किएभको सैन्य प्रशासनका अनुसार ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको चेतावनी जारी भएको केही समयपछि राजधानीको डार्निट्स्की जिल्लास्थित एक गोदाममा आगलागी भएको थियो। प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा एक जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्।

यसैगरी, जापोरिझिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुखका अनुसार दक्षिणी सहर जापोरिझियामा रूसी ड्रोन आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

यसअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा रहेको व्यस्त सपिङ सेन्टरमा रूसी ड्रोन आक्रमण भएको थियो। शुक्रबार भएका शृङ्खलाबद्ध रूसी बम विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ।

क्षेत्रीय सैन्य गभर्नर ओलेक्सान्डर गान्जाका अनुसार रातभर उद्धार कार्य जारी रहेको थियो। दुई बालबालिकासहित नौ जना अझै बेपत्ता रहेको बताइएको छ। उद्धार तथा राहत सेवाका अनुसार उक्त आक्रमणमा २३ बालबालिकासहित १३० जना घाइते भएका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार यस वर्ष युक्रेनमा नागरिक हताहतीको सङ्ख्या उच्च बिन्दुमा पुगेको छ। रूसी आक्रमण तीव्र बन्दै जाँदा युक्रेनी सेनाले ब्यालेस्टिक क्षेप्यास्त्र रोक्न निरन्तर प्रयास गरिरहेको छ भने किएभले आफ्ना सहयोगी राष्ट्रसँग थप सैन्य तथा अन्य सहयोगका लागि अपिल गर्दै आएको छ।

युक्रेनले पछिल्ला महिनामा रूसमाथि पनि प्रतिशोधात्मक आक्रमण तीव्र पारेको छ। लामो समयदेखि जारी युद्ध अन्त्य गर्न रूसलाई वार्ताको टेबलमा ल्याउन अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्नेमा युक्रेनले जोड दिँदै आएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  १ : ३५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार