बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू) « Khabarhub

बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू)


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ ।

बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारीसाधनलाई काठमाडौंमै रोकेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमको अवस्था रहेकाले ती जिल्लातर्फ जाने सवारीसाधनलाई तत्काल नजान आग्रह गरिएको छ ।

उनले भने, ‘जोखिमका कारण त्यसतर्फ जान लागेका सवारीलाई नजान भनिएको छ ।’

ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई समेत धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। सम्भावित बाढी तथा सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।

नागढुंगा र भीमढुंगा नाकाबाट ती जिल्लातर्फ जाने चारपाङ्ग्रे निजी सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसाधनलाई समेत प्रहरीले रोक लगाएको छ।

बाढीको बहाव र जोखिमको अवस्था हेरेर सवारी आवागमनबारे थप निर्णय गरिने ट्राफिक प्रहरीले जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  १२ : १५ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि