नगरपालिकाका प्रमुखविरुद्ध आन्दोलनको चेतावनी « Khabarhub

नगरपालिकाका प्रमुखविरुद्ध आन्दोलनको चेतावनी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् । नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढङ्गले काम गर्ने गरेका र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु गरिएको हो ।

कार्यपालिकाका चार वडाध्यक्षसहित १२ सदस्यले नगरपालिकामै संयक्तरूपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढङ्गले नगरपालिका चलाएको आरोप लगाएका छन् । प्रमुखले आफ्नो कार्यशैली नसच्याए यही मङ्सिर ८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएइको छ ।

वडा नं २ का वडाध्यक्ष जितनारायण खवासले रङ्गेली सामुदायिक भवन निर्माणको कोटेशनलगायतका विषयमा शङ्का गर्दै विकास निर्माणको काममा आफ्नो उद्योगको सामान प्रयोग गरेको आरोप लगाए । रङ्गेली बजारको सडक विस्तारको विषयमा अन्तिम पटक कार्यपालिका बैठक बसेर कसरी घर भत्काउने भनेर निर्णय गर्ने भन्ने सहमति भए पनि बगडियाले आफूखुशी निर्णय गरेको वडाध्यक्ष खवासको भनाइ छ ।

कार्यपालिका सदस्य शङ्करप्रसाद साहले व्यक्तिगत रिसइबी राखेर एउटा घरमा डोजर लगाएको आरोप लगाउँदै भने, ‘नगरको विषयगत समिति भङ्ग भए तापनि उनीहरुलाई बोलाएर प्रमुखले निर्णय गर्दै आउनुभएको छ, यो गैरकानूनी हो ।’

वडा नं ३ का वडाध्यक्ष धनश्याम पनेरुले अन्तिम कार्यपालिका बैठकबाट रङ्गेली बजार विस्तारका क्रममा मुआब्जा मागका लागि सिफारिश गर्ने भन्ने योजना राखिए तापनि बैठक नहुँदा गर्न नसकिएको र जनताको काम नरोकिने गरी आन्दोलन गरिने स्पष्ट पारे ।

वडा नं ४ का अध्यक्ष भुपेन्द्र मण्डलले आफू निर्वाचित रहेको वडामा डोजर चलाइँदासमेत आफूलाई नगरप्रमुखले सूचित नगरी भत्काइएको जानकारी दिए । वडा नं ९ का अध्यक्ष केदारचन्द राजवंशीले प्रमुखले रङ्गेली हाटलाई डेढ वर्षदेख अस्तव्यस्त बनाएको, दोहमना हाटको बजेटबिनै घर भत्काएर योजना अधुरै राखेको, दुई वर्षअघिको सडकबत्तीको योजना हाल आएर थालिनु भनेको प्रमुखले रवाफ देखाएको आरोप लगाए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : १७ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका